Friday, May 22News That Matters

चीनले पहिलो कोरोना खोपको सर्वाधिकार पायो

पूर्णपुष्टि, भदौ १

चीनको क्यानसिनो बायलजिक्स कर्पाेरेशन कम्पनीको कोरोना खोप एडी५–एनसीओभी Ad5-nCOV_ ले पहिलो आविष्कार ‘पेटेन्ट’ सर्वाधिकारका लागि मञ्जुरी पाएको छ । बौद्धिक सम्पदा नियामक संस्थाले ११ अगस्ट तारिखमा क्यानसाइनको खोपको सर्वाधिकारका लागि मञ्जुरी दिएको हो ।

चीनले यस अघि कुनै कोभिड–१९ को लागि कुनै पनि खोपलाई मञ्जुरी दिएको थिएन । यो पहिलो पटक हो । यद्यपि यसलाई वैज्ञानिक उपलब्धि नभइ व्यावसायिक उपलब्धि मानिएको छ ।

यो सर्वाधिकारको कारण कसैले अब यो खोपको नक्कल गर्न पाउने छैन तर क्लिनिकल परीक्षणमा अघि बढ्नको लागि सर्वाधिकार हुनु कुनै अनिवार्य मापदण्ड नभएको वाल्टर एण्ड एलिजा हल इन्स्टिच्युट अफ मेडिकल रिसर्चका प्रोफेसर मार्क पेलेग्रिनीले बताएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ ।

खोपले मञ्जुरी पाएको खबर आएपछि सोमबार बिहान क्यानसाइनोको हङकङको शेयरमा १४ प्रतिशत र दिउँसोसम्म शङ्घाई शेयरमा ६.६ प्रतिशतको बढोत्तरी भएको थियो ।

खोपमा कोरोना भाइरसविरुद्ध प्रतिरोधात्मक क्षमता बढाउनको लागि एडेनोभाइरस (चिसोपना र सामान्य सङ्क्रमण निम्त्याउने भाइरस) को प्रयोग गरिएको जनाईएको छ ।