
पूर्णपुष्टि, साउन ४
सुनसरीको बर्जुगाँपालिका–२ बाट चोरीको मोटरसाईकल सहित चोरीमा संग्लग्न एकजना पक्राउ परेको छ । आईतबार अपरान्ह पौने ६ बजे बर्जु गाँउपालिका–३ नहर चोक हटियालाईनबाट को ४ प ४६४८ नम्बरको मोटरसाईकल हराएको भनी खबर प्राप्त भएसंगै तत्काल खोजतलासमा खटिएको ईलाका प्रहरी कार्यालय सितागंजको टोलीले चोरी भएको मोटरसाईकल सहित चोरीमा संग्लग्न देवानगंज–५ का ४० बर्षीय बिरेन्द्र रामलाई पक्राउ गरेको हो ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले सुनसरीले जनाएको छ ।
