Sunday, May 3News That Matters

चोरीको स्कुटर भारत लाँदै गरेको एक युवा सप्तरीबाट पक्राउ

पूर्णपुष्टि, असार २४

स्कुटर चोरेर भारततर्फ लैजाँदै गरेको एक युवालाई सशस्त्र प्रहरीले सप्तरीबाट पक्राउ गरेको छ । डाक्नेश्वरी नगरपालिका–९ बाट स्कुटर चोरेर भारततर्फ जाँदै गरेका सोही ठाउँका बस्ने २६ वर्षीय जितेन्द्र सरदारलाई प्रहरीले पक्राउ गरेको हो ।

सरदारले सोही ठाउँका स्टाफ नर्स पुनम साहको घरको ग्रिल तोडी बुधबार राति स्कुटर चोरेर प्रहरीले जनाएको छ । प्रदेश २–०१–००१ प ३७४० नम्बरको स्कुटर चोरेर जाँदै गरेका सरदारलाई बोदे बर्साइन नगरपालिका–९ स्थित सीमावर्ती क्षेत्रबाट पक्राउ गरिएको सशस्त्र प्रहरी निरीक्षक उत्सव बिष्टले जानकारी दिए ।

चोरीको स्कुटरसहित पक्राउ परेका सरदारलाई नेपाल प्रहरीको जिम्मा लगाइएको बिष्टले बताए ।