Saturday, June 27News That Matters

चौदण्डीगढी नपाविरुद्ध नेकपा नगरकमिटिको पत्रकार सम्मेलन

पूर्णपुष्टि, जेठ २७ ।

नेकपा उदयपुर, चौदण्डीगढी नगरकमिटीले आज बेल्टारमा पत्रकार सम्मेलनको आयोजना गरी चौदण्डीगढी नगरपालिकाको कार्यशैलीको विरोध जनाएको छ । नगरपालिकाले अनियमितता र नितिगत भ्रष्टचार गरेको आरोप पनि लगाएको छ । पत्रकार सम्मेलनमा १६ बुँदे अनियमितता बारेको जानकारी सार्बजनिक गरेको छ ।

गिटिबालुवा ठेक्का, विकास, योजना निर्माण, इन्धन, कर्मचारी नियुक्ती, क्रसर सञ्चालन, बजेट सिलिङ जस्ता कुरामा अनियमितता तथा नितिगत भ्रष्टाचार भएको आरोप उनीहरुको छ ।

नेकपाका जिल्ला सदस्य तथा नगर संयोजक राजेन्द्रकुमार कटुवालको संयोजकत्वमा बनेको ७ सदस्यीय संघर्ष समितिले अनियमितताके बुँदाहरु प्रस्तुत गरेको थियो । समितिका संयोजक कटुवाल, सदस्यहरु सम्भु पौडेल, किशोर ताम्राकार, लामाखोला बचाउ अभियान संघर्ष समितिका संयोजक कुमार राईले पत्रकार सम्मेलनमा अनियमितताका कुराहरु राखेका थिए । उनीहरुले आमनिर्वाचनमा दुईतिहार बहुमतले नेपाली कांग्रेसको नेतृत्वमा जनप्रतिनिधि निर्वाचित भएपछि नेकपा प्रतिपक्ष भूमिकामा रहेको र जनप्रतिनिधीको काम र कार्यशैली एकपक्षीय भएकोमा आपत्ती जनाएका थिए । लोकतन्त्रमा प्रतिपक्षको समर्थनमा काम गर्नुपर्ने सुन्दरपक्षलाई भुलेर व्यक्तिबादी र जनविरोधी शैली भएको आरोप उनीहरुले लगाएका छन् । प्रतिपक्षीदलका वडाध्यक्षहरुले पनि नगर कार्यपालिकाको कार्यशैली एकलौटी भएको आरोप लगाए । १० वटा वडा रहेको नगरपालीकामा नेकपाका ४ वडाध्यक्ष छन् भने बाँकी कांग्रेसका छन् ।

नगरपालिकाका मेयर खगेन्द्र राईलाई पत्रकार सम्मेलनमा उठेका सवालबारे प्रश्न गर्दा राजनीतिक पूर्वाग्रहका साथ आरोप लगाउने काम भएको जवाफ दिनुभयो । गिटिबालुवामा प्रश्न उठे लगत्तै स्थानीय नागरिकको भावना अनुरुप बन्द गर्ने ठाउँमा बन्द गरिएको, सञ्चालन गर्ने ठाउँमा समन्वय गरेर सञ्चालन गरेको उहाँले बताउनुभयो । नगरपालिकाले कुनै पनि काम नियम, कानुन, प्रक्रियाबाहिर नगरेको भन्दै मेयर राइले ठोस आधार, प्रमाणविना नै नगरपालिकाले गरेका काम, कारवाही र सञ्चालन गरेका विकास, योजना माथि आरोप लगाउने र प्रश्न उठाउने काम भएको बताउनुभयो ।

चौदण्डीगढी नगरपालीकामा विगतका दिनमासमेत नेकपा र नेपाली काग्रेसका कार्यकर्ताबीच बिवाद हुदै आएको स्थानिय बुद्धीबीजीहरु बताउछन् ।