पूर्णपुष्टि,माघ १ । उदयपुरको चौदण्डीगढ नगरपालिका ९, भिमा स्थित भडौलीखोलामा ट्रसब्रिजको शिल्यान्स भएको छ । शनिवार एक कार्यक्रमका बिच नगर प्रमुख कालुमान लामाले भडौलाीखोलामा अवस्थित ट्रस ब्रिजको शिल्यान्स गर्नुभएको हो ।

भिमा झोडाका झन्डै एक सय ५० घर धुरी प्रतक्ष लावान्वित हुने उक्त ट्रस ब्रिज बने पछी बर्षाको समयमा बिधार्थीलाई बिधालय जान आउन सहज हुने छ भने बिरामी हुँदा एम्बुलेन्स सहज घर सम्मै पुग्ने हुँदा स्थानियमा खुशीयाली छाएको छ । ट्रस ब्रिज निर्माण हुने भएपछी नगर प्रमुख लामाले आफ्नो चुनावी घोषणा अन्तर्गत हरेक गाउँवस्तीलाई वारिपारी हुन नदिने प्रतिबद्धतालाई कार्यन्वयन गर्दै नगर यस आर्थिक बर्षमा मात्र २० वटा ट्रस ब्रिज निर्माण गर्ने लक्ष सहित नगरपालिका अघी बढेको नगर प्रमुख लामाले बताउनुभयो । लामाका अनुसार स्थानिय जनताका हरेक समस्यालाई समाधान गर्दै लैजाने निती तथा कार्यक्रम र भौतिक पुर्वाधार, शिक्षा साथै स्वास्थ्यमा आमुल परिवर्तन गरेर छोड्ने बताउनु भयो ।
भडौलीखोलामा ट्रस ब्रिज निर्माणको लागि नगरले २४ लाख ५० हजार रकम बिनियोजन गरेकोमा “बेल्टारे निर्माण सेवा” चौदण्डीगढी ७ ले २१ लाख ७२ हजर ५२३ रुपैयामा काम सम्पन्न गर्ने गरी ट्रस ब्रिज निर्माणको जिम्मा लिएको छ। कार्यक्रममा वडा अध्यक्ष एवम नगर प्रवक्ता प्रकाश राउत, नगर प्रमुख कालुमान लामा, निबर्तमान प्रदेश सांसद बिमल कार्की, एमाले नेता बाबुराम पौडेलको उपस्थिति रहेको थियो ।
