Friday, July 17News That Matters

चौदण्डीगढीको शारदा आधारभूत बिद्यालयलाई शैक्षिक सामाग्री प्रदान

 पूर्णपुष्टि, माघ २५

चौदण्डीगढी नगरपालिकाको एक बिद्यालयमा शैक्षिक सामाग्री प्रदान गरिएको छ । चौदण्डीगढी स्थित वडा नं ८ सिद्धिपुरको शारदा आधारभूत विद्यालयलाई २ लाख ५० हजार बराबरको शैक्षिक सामाग्री प्रदान गरिएको हो ।

शैक्षिक सामाग्री नगर प्रमुख खगेन्द्र राई र उपप्रमुख रिताकुमारी चौधरीले संयुक्त रुपमा प्रदान गर्नुभयो । समाग्री (आईसिटी) कार्यक्रम अन्तर्गत प्रदेश नं.१ को सामाजिक विकास मन्त्रालयको आर्थिक वर्ष ०७६र०७७ को विनियोजित रकमबाट उपलब्ध गराएको नगर प्रमुख खगेन्द्र राईले बताउनुभयो ।

सामाग्री हस्तान्तरण सँगै बिद्यालयको भौतिक संरचना सुधारका लागि घेराबेरालाई पनि २ लाख ७५ हजार बराबरको सहयोग जुटाएको छ । घेराबेरा निर्माणका लागि नगर प्रमुख राई र उपप्रमुख चौधरीले संयुक्त रुपमै सिल्यान्यास गर्नुभयो ।