
राजेन्द्र दुष्ट
बेल्टार/मंसिर २५ गते ।
खोटाङको सदरमुकाम दित्तेलमा पुुस १ गते देखि शुरु हुने १ नं. प्रदेशको नगर स्तरीय व्याड्मिन्टन प्रतियोगिताका लागि चौदण्डीगढी नगरपालिकाले खेलाडी छनौट गरेको छ ।
उक्त प्रतियोगिताको लागि शन्तोष कटवाल, भेषराज मगर, सनिल चौधरी र विजय चौधरीगरी ४ जनालाई छनौट गरेको हो ।
बुधबार खेलाडिहरुलाई छनौट गरी अन्य व्यवस्थापनमा जुटेकोे चौदण्डीगढी नगर व्याड्मिन्टन संगका संयोजक देवीराज राईले जानकारी दिनु भयो । प्रतियोगिताको लागि नगरपालिकासंग १ लाख ७५ हजार रुपैया आर्थिक सहयोग माग गरेको संयोजक राईले बताउनु भयो ।
खेलमा विजयी हुने समुहले १ लाख ५०, ७५ र ४५ हजार रुपैया नगद सहित ट्रफि र प्रमाण पत्रले पुरस्कृति गरिने आयोजकले जनाएको छ । पछिल्लो अवसथामा व्याड्मिन्टन खेल राम्रैसंग लोकप्रिय बन्दै गएको छ ।
