
पूर्णपुष्टि,फागुन २१ । फिल्म ‘छक्कापञ्जा ४’का भिडियो क्लिप्स टिकटकमा सार्वजनिक हुन थालेपछि फिल्मको डिजिटल अधिकार किनेको कम्पनी ओएसआरले आइतबार प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको छ । शुक्रबार प्रदर्शनमा आएको चलचित्र‘छक्कापञ्जा ४’ का क्लिपहरू सामाजिक सञ्जालमा भाइरल भएपछि टिमले कानुनी सहायता लिने भएको हो ।
उक्त फिल्ममा अभिनय गरेका हाँस्यकलाकार केदार घिमिरे ९माग्ने बुढा० ले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट राख्दै कानुनी झमेलाबाट बच्न भिडिओ डिलिट गर्न अनुरोध गरेका छन् । कानुनी प्रक्रियाका लागि ओएसआर (OSR) र अन्य व्यक्तिहरू (cyber)प्रहरीमा जाँदैछन् भन्ने सूचना भर्खरै पाएँ, उनले लेखेका छन्, कृपया आफूले अपलोड गरेको चलचित्रको भिडियो डिलिट गरी कानुनी झमेलाबाट बच्नुहोला ।
यसबारे टेकपानासँग कुरा गर्दै फिल्मका निर्माता दिपकराज गिरीले यसको समाधानका लागि साइबर ब्युरोसँग छलफल गरिरहेको जानकारी दिएका थिए । ूहामीले यस विषयमा साइबर ब्यूरोसँग पनि छलफल गरेका छौँ । उहाँहरूले कारबाही अगाडि बढाउने कुरा त राख्नुभएको छ, उनले बताए । यद्यपि यस्तो अवस्थामा साइबर ब्युरोले प्राविधिक सहयोग मात्र गर्न सकिने विभागका सूचना अधिकारी प्रहरी उपरीक्षक पशुपति कुमार रायको भनाइ छ । उनले सो टिमलाई जिल्ला प्रहरी परिसर वा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी दिन सुझाव दिएका छन् ।
प्रतिलिपि अधिकार ऐन, २०५९ मा यसरी बिनाकुनै अनुमति भिडिओ प्रसारण गर्ने व्यक्ति वा संस्थामाथि कारबाही हुने व्यवस्था छ । यस व्यवस्था अन्तर्गत हलभित्र चलचित्र प्रदर्शन भइरहेको समयमा भिडियो खिच्ने र अनधिकृत रुपमा टिकटक तथा अन्य सामाजिक सञ्जालमा प्रयोग गर्नेरगराउनेलाई सो ऐन बमोजिम कसूरको मात्रा अनुसार दश हजार रुपैयाँ देखि एक लाख रुपैयाँसम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।
