
गाईघाट/चैत्र, १६
गाईघाटमा छैटौँ दिन लकडाउनको प्रभाव सकरात्मक रह्यो । नेपालभरी नै भइरहेको लकडाउन अहिले सरकारको लागि भन्दा पनि आफ्नै सुरक्षाको लागि भन्ने जनताहरुले बुझ्न थालेपछि लकडाउन प्रभावकारी बन्न थालेको जिल्ला प्रशासन कार्यलय उदयपुरले बताएको छ ।
लकडाउनको घोषणा पछि पहिलो दिन कोहि नबुझेर त कोहि बुझेर पनि अटेरी गरिरहेको अवस्था थियो । केही मानिसहरु त अझै पनि कोरोनाको खिल्लिनै उडाईरहेको अवस्था छ । केही जनताहरुमा दुख दिने नियत भन्दै लकडाउनलाई अटेर गर्न थालेपछि उदयपुर प्रहरी तथा प्रशासनले कडाई गर्न थालेका थिए ।
कोरोना नेपालमा भयावह हुन नदिन पूर्व सतर्कता हुन आवश्यक देखिएको छ । अन्य देशहरु जस्तो नेपालमा बयावहको अवस्थामा नियन्त्रण गर्ने सामाग्री, हस्पिटल, डाक्टर, व्यस्थापन नहुदा पनि प्रवेशमै रोक लागाउनु मात्र नेपालको सफलता हुन सक्छ ।
यो अनियन्त्रित रुपमा व्यक्तिहरुमा सर्ने भएको कारण धेरै नै सुरक्षित हुन आवश्यक रहेको छ । यसै क्रममा नेपाललाई सरकारले पनि तत्काल लकडाउन गरी सतर्कताको बाटो रोज्नु परेको हो । गाईघाटमा छैटौँ दिन सम्मको लकडाउन अवस्थालाई हेर्दा यसको पालनामा जनताहरुले सहयोग गरेको जिल्ला प्रहरी कार्यलयका एसपी वीर बहादुर बुढा मगरले बताउनुभयो ।
सडकमा अत्यावश्यक कामका व्यक्ति, सुरक्षाकर्मी, र महत्वपूर्ण समचार सम्प्रेषण्मा संचाकर्मीहरु मात्र निस्केका थिए । उनिहरु पनि पूर्ण सुरक्षामा सावधानी अपनाएर काममा खटिएका थिए ।
तस्विर

