
पुर्णपुष्टि,असोज १९
गुल्मीमा हिजो छोराको कुटपिटबाट ६० वर्षीय बुवाको मृत्यु भएको छ । इस्मा गाउँपालिका–४ का २६ वर्षीय अनिल बस्नेतले आफ्नै बुवा दिलबहादुरको कुटपिट गरी हत्या गरेका हो ।

गम्भीर घाइते भएका दिलबहादुरलाई गुल्मी अस्पताल हुँदै पाल्पा प्रवास अस्पतालमा पु¥याइएको थियो । त्यहाँ उपचार हुन नसकेपछि थप उपचारको लागि बुटवलस्थित प्रादेशिक अस्पतालमा लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरीका कार्यालय गुल्मीले जनाएको छ ।
हिजो राति अनिलले घरमै कुटपिट गरी गम्भीर घाइते बनाएका दिलबहादुरको थप उपचारको लागि बुटवल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
कुटपिटको कारण अझै खुल्न सकेको छैन । कुटपिटमा संलग्न छोरा अनिल भने फरार भएका छन् । उनको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।

