Thursday, May 21News That Matters

जंगली च्याउ खाँदा बुबा छोरा बिरामी

संखुवासभा, बैशाख २३ गते ।

संखुवासभाको सभापोखरीमा जंगली च्याउ खाँदा वुवा छोरा विरामी परेका छन् । सभापोखरी गाउँपालिका–६ बाह्रबिसेका ४५ बर्षीय सुर्यबहादुर लिम्बु र उनको ६ बर्षीय छोरा आमोस लिम्बु जंगली च्याउ खाँदा बिरामी भएका हुन् ।

घर नजिकै जंगलबाट टिपेर ल्याएको च्याउ सोमवार बेलुका पकाएर खाएपछि बुबा छोरा बिरामी भएको प्रहरीले जनाएको छ । उनीहरुको जिल्ला अस्पताल खाँदवारीमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।