Wednesday, June 17News That Matters

जंगली हात्तिको आक्रमणमा परी आमा छोरीको ज्यान गयो

पूर्णपुष्टि, जेष्ठ ११

जंगली हात्तिको आक्रमणमा परी बर्दियामा दुई जनाको ज्यान गएको छ । ज्यान जानेहरुमा आमाछोरी रहेको छ । आफ्नै घरमा बसिरहँदा बर्दिया राष्ट्रिय निकुञ्जबाट दुई वटा जंगली हात्ती आएर आमा–छोरीमाथि आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरूलाई हात्तीले आफ्नो सुडमा उठाएर घरबाट अन्दाजी ३० मिटर टाढा लगेर छाडेको प्रहरी नायब उपरीक्षक (डिएसपी) हेमबहादुर शाहीले जानकारी दिए ।

त्यसक्रममा आमा चन्द्राको घटनास्थलमै मृत्यु भएको र छोरी गम्भीर घाइते भएकी थिइन् ।

उनलाई उपचारको लागि नेपालगञ्ज मेडिकल कलेज लगिएको पनि मंगलबार बिहान पौने ११ बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।