
पूर्णपुष्टि, वैशाख ३०
झापामा जंगली हात्तीको आक्रमणबाट एकजनाको ज्यान गएको छ । कमल गाउँपालिका–३ का ४४ वर्षीय जित बहादुर लिम्बुको जंगली हात्तीको आक्रमणबाट ज्यान गएको हो ।
लिम्बुलाई आज बिहान साँढे ५ बजेको समयमा वृक्षारोपन सामुदायीक बन क्षेत्र नजिक जंगली हात्तीले आक्रमण गर्दा घटनास्थलमा नै ज्यान गएको थियो । घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटि गई अनुसन्धान कार्य अगाडी बढाएको छ ।
