Wednesday, June 17News That Matters

जंगली हात्तीको आक्रमणमा १ जनाको मृत्यु

मोरङ, चैत्र १७ 

मोरङ मिक्लाजुङमा जंगली हात्तिको आक्रमणमा परि एक जनाको मृत्यु भएको छ । मिक्लाजुङ गाऊपालिका–६ थामीझोडा बस्ने ५० बर्षीय यामबहादुर बोहोराको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

छिमेकीको घरमा टेलिभिजन हेरी घर फर्केन क्रममा हिजो राती करिब १० बजे जंगलबाट आएका ३ वटा जंगली हात्तीले किल्चेर गम्भिर घाईते भएका बोहोराको उपचारको लागी लैजादै गर्दा राती ११ बजे बाटैमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।