Tuesday, July 14News That Matters

जक मुद्दामा पूर्व सभामुख महरालाई सफाइ

फागुन ५ गते । 

जिल्ला अदातल काठमाण्डौका न्यायाधीश अम्बरराज पौडेलको ईजलासले जबरजस्ती करणी मुद्दाको आरोप लागेका पूर्व सभामुख कृष्णबहादुर महरालाई सफाइ दिएको छ । अदालतले सफाइ दिएसँगै पुर्पक्षका लागि थुनामा रहनुभएका महरा रिहा भएको हो ।

प्रतिनिधि संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि जबरजस्ती बलात्कार गरेको अभियोगमा महरा पुर्पक्षका लागि डिल्ली बजार कारागारमा थियो ।

गत कात्तिक १४ गते जिल्ला अदालत काठमाण्डौमा महरा विरुद्ध मुद्दा दायर भएको थियो । जबरजस्ती करणी प्रयासमा पाँच वर्ष र सार्वजनिक पद धारण गरेर कसुरको प्रयास गरेको अभियोगमा साढे दुई वर्ष गरी साढे सात वर्ष कैद सजाय मागसहित मुद्दा दायर भएको थियो ।

प्रहरीले महरालाई गत असोज १९ गते पक्राउ गरी लामो अनुसन्धानपछि पूर्पक्षका लागि डिल्ली बजार कारागारमा राखेको थियो ।