Saturday, May 16News That Matters

जग्गाको कित्ता काट खुल्यो

पूर्णपुष्टि, भदौ २२

सरकारले बन्द भएको जग्गाको कित्ताकाट खुलाएको छ । २०७४ सालदेखि बन्द रहेको जग्गाको कित्ताकाट खुल्ला गरेको भूमि व्यवस्थापन महाशाखाले जनाएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले गत बिहीबार जग्गाको कित्ताकट खुला गर्ने निर्णय गर्नुभएको महाशाखाले जनाएको छ ।

यसअघि जग्गाको कित्ताकाट बढ्दा खेतीयोग्य जमिन नासिएको भन्दै मन्त्रालयले कित्ताकाट बन्द गरेको थियो ।

भू–उपयोग नियमावली जारी भइ भू–उपयोग नक्सा र डाटा तयार गरी पालिकालाई हस्तान्तरण भएपछि लागू हुने गरी अहिलेका लागि खण्डी करण गर्न अनुमति दिइएको महाशाखाले जनाएको छ ।