Friday, May 22News That Matters

जबरजस्ति करणी आरोपमा ४ जना पक्राउ

पूर्णपुष्टि, साउन १

कास्कीमा एक युवतीलाई बलात्कार गर्न खोजेको आरोपमा ४ जना पक्राउ परेको छ । गाडीमा लिफ्ट दिने बहाना बनाई युवतीलाई बलात्कार गर्न खोजेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको हो ।

घटनाको अनुसन्धान गर्न प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पक्राउ परेकाहरुमाथी मंगलबार बिहान पोखराको लेकसाइडमा रहेको एक होटलमा लगेर जबर्जस्ती शारीरिक सम्पर्क राख्न खोजेको आरोप छ ।

कास्कीको अन्नपूर्ण गाँउपालिका–१० घर भइ अन्नपुर्ण–३ मा बस्ने २४ वर्षीय कपिल गुरुङ, अन्नपूर्ण–३ का २२ वर्षीय योगेश थकाली, माछापुच्छ्रे–७ घर भइ अन्नपूर्ण–३ काडे बस्ने १९ वर्षीय पुकार गुरुङ र अन्नपूर्ण–३ कै १८ वर्षीय सुशल गुरुङ पक्राउ परेको प्रहरीले जनाएको छ ।

गत असार ३० गते पोखरा महानगरपालिका–२ बाट नीलो रंगको ग १ च ७७४५ नम्बरको कारमा आएका उनीहरुले एक युवतीलाई जबरजस्ती गाडीमा हालेका थिए । त्यसपछि लेकसाइडमा रहेको एक होटलमा लगेर जबरजस्ती गरेको सूचनाको आधारमा पोखरा महानगरपालिका–१८, लामागाउँबाट उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको  छ ।

उनीहरुलाई अपहरण तथा शरीर बन्धक र करणी सम्बन्धी कसूर अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिप्रका कास्किले जनाएको छ ।