
पूर्णपुष्टि, जेष्ठ १५
जसपाका अर्का अध्यक्ष महन्थ ठाकुरले पनि अध्यक्ष उपेन्द्र यादवलाई अर्को २४ घण्टे स्पष्टिकरणको अल्टिमेट पत्र पठाएको छ । ठाकुरले तोकिएको समयमा स्पष्टीकरण नबुझाएको भन्दै अर्का अध्यक्ष उपेन्द्र यादवलाई फेरि स्पष्टीकरण पठाउन ताकेता गरेका हुन् । उनले २४ घण्टे अल्टिमेटमसहित पुनः स्पष्टीकरण पत्र पठाउँदै सो अवधिमा जवाफ प्राप्त नभए पार्टीबाट निष्काशन समेतको कारबाही हुन सक्ने चेतावनी दिएका छन् ।
ठाकुरले पत्र प्राप्त गरेको म्याद भित्रै चित्तबुझ्दो जवाफ सहित उपस्थित नभए पार्टीबाट निश्कासनको कार्वाही गर्न बाध्य हुने चेतावनी दिएका छन् ।
पत्रमा भनिएको छ, पार्टीको विद्यान र दफा बाहिर गएर काम गरेको र बाराम्बार मौका दिएको बताउँदै दोस्रो पटकको स्पष्टीकरण पनि चित्त नबुझेको खण्डमा पार्टीको बिद्यान बमोजिम निश्कासन गर्नु पर्ने बाध्यता हुने जनाएको छ ।
यसअघि उपेन्द्र यादवले पनि ठाकुरलाई तोकिएको समयमा स्पष्टीकरण नबुझाएको भन्दै २४ घण्टे अल्टिमेटमसहितको पत्र पठाएका थिए ।
