
बिराटनगर, बैशाख १७ गते ।
१ न.प्रदेश प्रहरी प्रमुख डिआईजी ईश्वरबाबु कार्कीले मातहतका जिल्ला प्रहरी कार्यालय प्रमुखलाई भिडियो कन्फ्रेन्स मार्फत निर्देश दिनुभएको छ ।
लकडाउनको पूर्ण पालना गराउने कार्यमा खटिने प्रहरी कर्मचारीहरुलाई आवश्यक ब्रिफिङ र सुरक्षाको उपायहरु अपनाएर डिउटीमा खटाउन भिडियो कन्फ्रेन्स मार्फत जिप्रका प्रमुखहरुलाई निर्देशन दिनुभएको हो ।
पर्चा, पम्प्लेट बितरण तथा माईकिङ गरी जनचेतना जगाउने कार्यमा दत्तचित्त भई लाग्न पनि निर्देशन दिनु भएको थियो । लकडाउनको समय लम्बिदै जाँदा हुनसक्ने घरेलुहिंसा, महिला तथा बालबालिका माथी हुने हिंसाको सम्बन्धमा सजग र सतर्क रही समाजमा पहुँच बढाउन जोड दिनु भयो ।
अहिलेको प्रतिकुल अवस्थामा कालो बजारी र कृत्रिम अभाव हुन सक्ने तर्फ बिशेष चनाखो हुनु पर्छ । नेपाल सरकारबाट जारी भएको ऐन नियम तथा कानून भित्र रहेर निर्दैशनको पालना गर्दै काम गर्न निर्देशन दिनु भएको छ ।
लकडाउनको समयमा सिमावर्ती क्षेत्रहरुबाट हुन सक्ने चोरी पैठारीलाई रोक्न सिमावर्ती क्षेत्रहरुमा बिशेष ध्यान दिन र क्वारेन्टाईन स्थलहरुमा भरपर्दो सुरक्षा ब्यबस्था मिलाउनसमेत निर्देशन दिनु भएको छ ।
