Friday, May 22News That Matters

जिल्लास्तरमै कोरोनाको उपचार सुरु

 पुर्णपुष्टि,भदौ २४ 

जिल्लाकै आइसोलेशनमा राखेर लक्षण नदेखिएका कोरोना संक्रमितहरुलाई हेरचाह तथा सामान्य उपचार गर्न थालिएको छ । सोलुखुम्बुमा संक्रमण पुष्टि भएकाहरुलाई जिल्लाकै आइसोलेशनमा राखेर उपचार गर्न थालिएको हो ।

यसअघि कोरोना सङ्क्रमण पुष्टि भएकालाई अन्यत्र पठाउने गरेको भए पनि अहिले भने जिल्ला अस्पतालमै राखेर संक्रमितहरुको उपचार सुरु गरिएको जिल्ला अस्पताल फाप्लुकी निमित्त प्रमुख सानी शेर्पाले जानकारी दिनुभयो ।

हिजो कोरोना सङ्क्रमण पुष्टि भएकी एक युवतीलाई उपचारका लागि फाप्लु अस्पतालमै राखिएको अस्पतालले जनाएको छ ।

सोलुखुम्बुमा अहिलेसम्म तीन सय ६९ जनाको स्वाब सङ्कलन गरिएकोमा आठ जनाको कोरोना रिपोट पोजेटिभ आएको छ ।