Sunday, June 28News That Matters

जुकालाई टोकाएर यसरी निको पारिन्छ रोग

ओसिलो ठाउँमा पाइने जुकाको चुसाइले पनि विभिन्न रोग निको हुन्छ भन्दा आश्चर्य लाग्न सक्छ ।राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा जुकाको चुसाइ (लिच थेरापी) माध्यमबाट विभिन्न जटिल रोगको उपचार हुने गरेको छ । राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका कार्यकारी निर्देशक डा. रामआधार यादव आयुर्वेदमा ।।।जलौकावचारण कर्म’ भनिने यो प्रक्रियाबाट हालसम्म १५० भन्दा बढीको सफल उपचार भइसकेको बताए ।

उनले भने, “जुकाले चुस्ने क्रममा निस्किने स्रावमा हिरुडिन नामक इन्जाइम छाड्छ र शरीरभित्रको दूषित रगत चुस्छ ।” छालासम्बन्धी रोग, युरिक एसिड, टाउकाको रौँ झरेका, अनुहारमा डन्डीफोर आएका, पुराना दाद, पायल्सलगायत रोगका बिरामीको उपचार भइसकेको जानकारी दिए ।

बिरामीको रगतको मात्रा हेरेर मात्र लिच थेरापी गर्ने गरिएको बताउँदै उनले भने, “एक व्यक्तिमा प्रयोग गरिएको जुका अन्य व्यक्तिमा प्रयोग गर्न मिल्दैन । नियमित रूपमा थेरापी गराउनुपर्ने व्यक्तिमा प्रयोग गरिएको जुकालाई पुनः उसकै लागि प्रयोग गर्ने गरी संरक्षित गरेर राख्नुपछ ।”

एउटा जुकालाई बढीमा आधा घण्टासम्म चुसाउने गरिन्छ । बिरामीको अवस्था हेरी दुईभन्दा बढी जुकाको प्रयोग गर्न सकिने डा. यादवले जानकारी दिए ।

डा. यादवले लिच थेरापी विधि नेपालमा भन्दा पनि विदेशी मुलुकमा अझ बढी प्रयोग हुँदै आएको बताउँँदै यो पद्धतिबाट निको भएकामा रोग पुनः बल्झिने सम्भावना कम हुने हुँदा प्रभावकारी भएको दाबी गरे । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।