Saturday, June 6News That Matters

जुम्लामा एक युवकले रविलाई न्याय गर्नुपर्ने भन्दै आत्मदाहको प्रयास

पूर्णपुष्टि,माघ १९ । नागरिकता विवादम सांसद पद गुमाएका रवि लामिछानेलाई न्याय दिनुपर्ने भन्दै जुम्लामा एक युवकले आत्मदाहको प्रयास गरेको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय जुम्लाअगाडि बाँकेको कोहलपुर घर भएका ४० वर्षीय गोकर्ण कार्कीले पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेका हो । उनी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ड्राइभरको रुपमा कार्यरत छन् ।

भ्रष्टाचारीलाई कारवाही हुनु पर्छ, रवि लामिछानेले न्याय पाउनुपर्छ, गृहमन्त्री बनाउनुपर्छ भन्दै सरकारी कर्मचारीसमेत रहेका कार्कीले आत्मदाह प्रयास गरेका थिए । उनले आफ्नो पूरै शरीरमा पेट्रोल झर्केका थिए। तर, आगो लगाउन खोज्दा लाइटर नबलेकाले जल्न पाएन ।