Tuesday, July 7News That Matters

झापामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

पूर्णपुष्टि, पुष २७ । झापामा सवारी दुर्घटना हुँदा मोटरसाईलकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका–१ निवासी ३३ वर्षीय सुसाहाङ नेम्वाङ रहेका छन् ।

मंगलवार साँझ करिव साढे ७ बजे पुर्व–पञ्चिम राजमार्ग अन्तरगत मेचीनगर–७, स्थित निन्दा पुलमा दुर्घटना भएको प्रहरीले बताएको छ । पुर्वबाट पञ्चिमतर्फ जाँदै गरेको मे २ प ७०९२ नम्बरको मोटरसाइकललाई मे ५ प १९४३ नम्बरको मोटरसाइकलले ओभरट्यक गर्ने क्रममा आफै अनियन्त्रित भई पुलको रलिङमा ठोक्किएको प्रहरी कार्यालय झापाका डीएसपी बसन्त पाठकले जानकारी दिए ।

पुलमा ठोक्किएको मोटरसाइकललाई पछाडिबाट आएको ७०९२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही मोटरसाइकलका चालक नेम्वाङ गम्भीर घाइते भएका थिए । टाउकोमा चोट लागेका नेम्वाङलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषित गरेको डीएसपी पाठकले बताए । यता इलाका प्रहरी कार्यालय धुलाबारीले दुवै मोटरसाइकल नियन्त्रणमा लिएको छ ।