Monday, June 29News That Matters

झापामा रूखबाट लडेर एकको मृत्यु

पूर्णपुष्टि,पुष ६

झापामा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । बाह्रदशी–५ स्थित बस्ने ६८ बर्षीय प्रेम कुमार कन्दङ्वा लिम्बुको रूखबाट लडेर मृत्यु  भएको हो ।

आज बिहान ९ बजे कुटमेरो रुखमा चढेर  घाँस झार्ने क्रममा अचानक लडेर लिम्बु बेहोस भएको प्रहरीले सजनाएको छ ।

लिम्बुलाई उपचारको लागि बि.एण्ड.सी अस्पताल बिर्तामोडमा लगिएको थियो । उपचारको क्रममा उनको सवा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।