Thursday, May 28News That Matters

झापामा १ संक्रमित पुष्टि, देशभरमा ४९ पुग्यो

पूर्णपुष्टि, वैशाख १२ ।

झापामा आज एकजना कोरोना संक्रमित पुष्टि भएसंगै देशभर कोरानो संक्रमितको संख्या ४९ पुगेको छ । संक्रमित मानिस ६२ वर्षका पुरुष रहेका छन् ।

उनी धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परिक्षणबाट कोरोना संक्रमित व्यक्ति हुन् । स्वास्थ्य अवस्था सामान्य भएको उनी आइसोलेशनमा अस्पालमा रहेको स्वास्थ्य तथा जनसंख्या मञ्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जनाउनु भएको छ ।

हिजाे भाेजपुरमा एकजना २६ वर्षिय पुरूषकाे काेराेना संक्रमण पुष्टि भएकाे थियाे । उनलाइ विराटनगर स्थित काेराेना अस्पताल लगिएकाे छ । उनी फागुन ३० मा साउदीबाट फर्केका व्याक्ति हुन् ।