Wednesday, July 8News That Matters

झिँगु नेवा : पुँचलाई दाजुभाई समुहको आर्थिक सहयोग

पूर्णपुष्टि, पुष ११
दाजुभाई समूह दोहा कतारले झिँगु नेवा ः पुँचलाई सहयोग गरेको छ । झिँगु नेवा ः पुँच १० नं वडालाई संस्कृति जगेर्नामा सहयोग पुराउने भन्दै ५० हजार आर्थिक सहयोग गरेको हो । दाजु भाई समुह दोहा कतारका अध्यक्ष संदिप भट्टराई तथा नेपाल सदस्य सरोज श्रेष्ठले शनिवार गाईघाट स्थित पिपल चोकमा आयोजित कार्यक्रममा उक्त सहयोग हस्ताणतरन गरेको हो । त्यसैगरी महोत्सव आयोजक समितिलाई १० हजार, लाखे नाच प्रतियोगीतामा सहभागीता जनाउन आएको ओखलढुंगा र इलाम लाई पनि ५÷५ हजार रुपैया सहयोग गरेको छ । उदयपुरमा संञ्चालित प्रदेश स्तरीय खाना परिकार महोत्सव तथा लाखे प्रतियोगिताको अवसरमा उक्त सहयोग गरेको हो ।