
पूर्णपुष्टि,माघ २५ । टर्कीमा आएको शक्तिशाली भूकम्पका कारण टर्कीका गोलकिपर अहमेट इयुप तुर्कास्लानको मृत्यु भएको छ । सोमबार बिहान भूकम्पमा परी गोलकिपर तुर्कासलानाको भूकम्पका कारण मृत्यु भएको उनको क्लब येनी मालत्यास्पोरले पुष्टि गरेको हो । ‘हाम्रा गोलकिपर अहमेट इयुप तुर्कासलानले भूकम्पमा परी ज्यान गुमाएका छन्। उनको चिरशान्तिको कामना’, क्लबले भनेको छ, ‘हामी तपाईंलाई कहिल्यै बिर्सने छैनौं ।’
२८ वर्षीय तुर्कास्लान २०२१ मा क्लबमा आवद्ध भएका थिए । बगसास्पोर, ओस्मानलिस्पोर, उमरानीएस्पोर र येनी मालत्यास्पोर गरी तुर्कास्लानले आफ्नो सम्पूर्ण करियर टर्की क्लबहरूमा बिताएका छन्। भग्नावशेषबाट जोगिएकी उनकी श्रीमती कुब्रा तुर्कासलान बाँचेकी छन् । भुकम्पमा परी हालसम्म सिरिया र टर्कीमा गरेर करिब ८ हजार व्यक्तिले ज्यान गुमाइसकेका छन्।
