
मोरङ, मंसिर १७ गते ।
मोरङको उर्लाबारीमा टिपरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । उर्लाबारी नगरपालिका–५ झुम्राहाको भित्रि सडक खण्डमा स्थानीय जोगिन्दर मण्डलको छोरी ४ बर्षिया राधिकाकुमारी मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उत्तरबाट दक्षिण तर्फ आउदै गरेको ना ८ ख ७०५३ नम्बरको टिपरले पैदल यात्री बालिकालाई बिहान साढे ८ बजे ठक्कर दिदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने टिपर र टिपर चालक प्रहरीको नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
