
पूर्णपुष्टि, जेठ १३ गते ।
टिपरको ठक्करबाट भक्तपुरको नयाँ ठिमी चोकमा ड्युटीमा खटिएका प्रहरी घाइते भएको छ ।
सोमबार राति बा ४ ख ४७०१ नम्बरको टिपरले ठक्कर दिँदा ड्युटीमा खटिएका दाङको रामपुर घर भइ महानगरीय प्रहरी वृत्त ठिमीमा कार्यरत प्रहरी नायब निरीक्षक निमबहादुर घर्ती घाइते हुनुभएको प्रहरीले जनाएको छ ।
घाईते प्रहरीको नर्भिक अस्पताल थापाथलीमा उपचार भैरहेको छ । टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
