Tuesday, June 9News That Matters

टिप्पर दुर्घटनामा चालक र प्रअको मृत्यु

बैशाख २ 

रसुवामा टिप्पर दुर्घटना हुँदा चालक विद्यालयका प्रअको मृत्यु भएको छ । कालीका गाउँपालिका–२ स्याउबारीमा दुर्घटना हुदा गाउँपालिका–१ राम्चेका २५ वर्षीय गाडी चालक सागर तामाङ र उनका दाजु २७ वर्षीय ग्राङ प्राविका प्रधानाध्यापक राजेन्द्र तामाङको मृत्यु हो ।

गतराति ११ बजेतिर राम्चेबाट बेत्रावती जाने क्रममा वाग्मती प्रदेश ०१–००६ ख १६८८ नम्बरको टिप्पर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

दुर्घटनामा घाईते भएका उनीहरुलाई रसुवा अस्पताल लागी उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

टिप्परमा कालीका गाउँपालिका–१ का वडाध्यक्ष मालफुर्पा तामाङसहित तीन जना रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि बेपत्ता भएका वडाध्यक्ष तामाङ खोजीपछि फेला परेको प्रहरीले जनाएको छ ।