Wednesday, June 3News That Matters

ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु

पूर्णपुष्टि, कार्तिक ३ गते ।
ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ मा भएको ट्याक्टर दुर्घटनामा परी बुधवार ४ जनाको मृत्यु भएको छ । ट्याक्टरमा सवार रहेका चालक स्थानीय ३१ वर्षीय पासाङ शेर्पा, उनैका भाई २४ पर्षीय फुर्वा शेर्पा, १७ वर्षीया लाकी शेर्पा र २२ वर्षीया सर्मीला शेर्पाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
बुधवार दिउँसो प्रदेश २–०२–०३–००१ त ५६५५ नंम्बरको ट्याक्टर तेलाबुङबाट मैवाखोला–५ काम्साङ फर्कने क्रममा सडकबाट अन्दाजी २५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।