Sunday, June 7News That Matters

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

पाँचथर, माघ २६ गते ।
पाँचथरको फिदिममा ट्याक्टर दुर्घटना हुदा चालकको मृत्यु भएको छ । फिदिम नगरपालिका–४ थापाटारमा शनिबार दिउँसो साँढे १ बजे दुर्घटना हुदा चालक शुक्रराज माझीको मृत्यु भएको हो ।
जोरपोखरीबाट फिदिम तर्फ जाँदै गरेको ग १ त ३७९९ नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई सडकबाट करिव दुई सय मिटर तल खसेर दुर्घटना हुँदा ट्याक्टर चालक फिदिम नगरपालिका–४ माझीटार निबासी २६ बर्षीय माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।