
भोजपुर, श्रावण १९ गते ।
भोजपुरको आमचौक गाउँपालकिा(३ हाँतातुङमा भएको ट्याक्टर दुर्घटनामा परी १ जनाको मृ*त्यु भएको छ भने ५ जना घाईते भएका छन् ।
आईतवार बेलुका करिब सवा ७ बजे तिर बोयाङबाट बालंखा तर्फ जाँदै गरेको प्रदेश १ ०२(००३ त ५८८ नम्बरको ट्याक्टर आफै आनयिन्त्रीत भई सडकबाट अन्दाजी ३०० मटिर तल खसी दुर्घटना हुँदा आमचोक गाउँपालकिा(३ का २८ बर्षिय दिपक कुवंरको मृ*त्यु भएको छ ।
कुवँरको स्थानीय बालंखा स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । सोही दुर्घटनामा परेर घाईते भएका अन्य २ जनाको स्थानीय स्वास्थ्य
चौकीमा उपचार भईरहेको छ भने अन्य तिन जनालई थप उपचारको लागी धरानको घोपा पठाईएको उक्त कार्यालयले जनाएको छ ।
