पूर्णपुष्टि, पुष १८
सुनसरीको बराहक्षेत्र नगरपालिका–११ मधुवन स्थित सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बराहक्षेत्र–१० का २१ बर्षीय सोल्जा ठाकुर रहेका छन् ।
हिजो साँझ ७ बजे दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको साईकल यात्री ठाकुर र विपरित दिशाबाट आएको साइकल यात्री भारत ग्रामपञ्चायत–९ का २३ बर्षीय अजिम साफी एक अर्कामा ठक्कर खाई लड्दा विपरीत दिशाबाट आउँदै गरेको को १ त ४३७८ नम्बरको ट्याक्टरको ट्रलिको चक्काले घिसार्दा ठाकुर घाईते भएका थिए ।
उनको उपचारको क्रममा विराट नर्सिङ अस्पाताल विराटनगरमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय चतराले जनाएको छ । घटनामा संलग्न ट्याक्टर चालक ४५ बर्षीय भमेश्वर मेहता र ठक्कर दिने साईकलयात्री साफीलाई प्रहरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
