
पूर्णपुष्टि,मंसिर १७
सुनसरीमा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । भोक्राहा नर्सीङ गाँउपालिका–८ बस्ने १० बर्षीया रेहना खातुनको मृत्यु भएका हो ।
आज विहान पौने १० बजे भोक्राहा स्थित भित्री सडकखण्डमा को २ त २०२३ नम्बरको ट्याक्टरले को ११ प १२०० नम्बरको मोटरसाईकललाई ठक्कर दिदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाईकल पछाडी सवार रहेकी बालिका खातुनको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने ट्याक्टर र चालक सुनसरी गढी–२ का ३५ बर्षीय अनिल उराउ नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
