Sunday, May 17News That Matters

ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

पूर्णपुष्टि,पुष १२

मोरङको पथरी शनिश्चरे नगरपालिका–१० सिविरडाँडामा शनिवार साँझ ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । रतुवामाई नगरपालिका–१० का ५२ बर्षीय सन्त बहादुर आले मगरको ट्क्टरको ठक्करबाट मृत्यु भएको हो ।

पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको को २ त ५५८१ नम्बरको ट्याक्टरले बिपरीत दिशाबाट आउँदै गरेको मे ११ प ३४३५ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मगर गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मगरको उपचारको क्रममा बिराटनगरको नोबेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही घटनामा घाईते भएका मोटरसाईकलको पछाडी सवार रहेका ४५ बर्षीय शुक्ल मुर्मुको पथरी अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।