
मोरङ, जेठ ६ गते ।
मोरङ ग्रामथानमा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । ग्रामथान गाउँपालिका–४ मोतिपुर बस्ने पंकज झाको २ वर्षीय छोरा लिखिल झाको ट्याक्टरको ठक्करबाट मृत्यु भएको हो ।
मोतिपुर स्थित भित्रि सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको ना ४ ख ६३७४ नम्बरको ट्याक्टरले सोमबार दिउँसो करिब ४ बजे बालकलाई ठक्कर दिएको थियो । ट्याक्टरको ठक्करबाट घाईते भएको बालकको नोबेल अस्पतालमा उपचारको क्रममा ५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
बालकलाई ठक्कर दिने ट्याक्टर र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
