
बैशाख ८
दाङमा मोटरसाइकल र ट्याक्सी एकआपसमा ठोक्किँदा एक बालकको मृत्यु भएको छ ।
मंगलबार बेलुकी बबई गाउँपालिका–६ पञ्चकुलेमा रा ५ प ५६०४ नम्बरको मोटरसाइकल र भे १ ज १००२ नम्बरको ट्याक्सी एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार एक बालकको मृत्यु भएकोे हो भने बालकका आमाबुवा घाइते भएका इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
दुर्घटनामा बबई गाउँपालिका–६ मोतिपुर ८ वर्षका स्पर्श आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आचार्यका बुवा ३९ वर्षका सुदीप आचार्य र आमा २८ वर्षकी पार्वती आचार्य घाइते भएका प्रहरीले जनाएको छ । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
