Wednesday, May 6News That Matters

ट्रक दुर्घटनामा १ जनाको मृत्यु

ईलाम, भदौ २१ गते । 

ईलामको हिलेपाखामा ट्रक दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । रोङ गाउँपालिका–१ हिलेपाखाको भित्रि सडकमा दुर्घटना हुदा रविन नेपालको मृत्यु भएको हो ।

उक्त ठाउँबाट बाँस लोड गरी ईलाम तर्फ लाने क्रममा उकालोमा लोड तान्न नसकि मे १ ख २२५६ नम्बरको ट्रक सडकबाट करिब ७० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा झापा बुद्दशान्ति गाउँपालिका–५ निबासी अन्दाजी ३१ वर्षीय नेपालको गाडीले चेपेर मृत्यु भएको छ भने ३२ वर्षीय नरेन्द्र खड्का र २५ वर्षीय रमेश चौहान घाईते भएको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाउनासाथ प्रहरी घटना स्थल पुगी घाईतेहरुलाई उपचारको लागि वि एण्ड सी अस्पताल विर्तामोड पठाएको प्रहरीले जनाएको छ । ट्रक चालक फरार रहेकाले खोजतलास भईरहेको प्रहरीले जनाएको छ ।