Thursday, June 11News That Matters

ट्राफिकलाई घुस दिन खोज्ने चालक पक्राउ

पूर्णपुष्टि, फागुन १८ 

ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने चालक पक्राउ परेका छन् ।

हिजो बेलुका बालाजुमा ड्युटीमा खटिएका ट्राफिक प्रहरी हवल्दार वसन्तकुमार गौतमले ना ५ ख ९१२५ नम्बरको ट्रक चालक बाराका विजय चौधरीसँग कागज पत्र माग्दा उनले एक सय रुपैयाँ घुस दिन खोजेको ट्राफिक प्रहरीले जनाएको छ ।

उनलाई  पक्राउ गरी कारबाहीका लागि प्रहरी वृत्त बालाजुमा बुझाइएको प्रहरीले जनाएको छ । त्यस्तै बालाजुमै ट्राफिक प्रहरी जवान विवेक नकालले ना ५ ख ६५१४ नम्बरको ट्रक चालक मकवानपुरका अनोज मोक्तानसँग कागजात माग्दा दुई सय रुपैयाँ घुस दिन खोजेकाले उनलाई पनि पक्राउ गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।