
भदौ २८ गते ।
काम हुन नसकेको १ हजार ८ सय ४८ वटा ठेक्काबाट झन्डै साढे दुई अर्ब रुपैयाँ ‘घूस’ प्रवाह भएको भेटिएको छ । यस्ता ठेक्काबाट २.५ प्रतिशत अग्रिम घूस लिएको पाईएको हो ।
अझ मोबिलाइजेसन पेस्कीका नाममा पनि थप त्यति नै घूस प्रवाह भएको पाईएको छ । यसमध्ये करिब ५० वटा भन्दा बढी आयोजनाको ठेक्कामाथि अख्तियारले अनुसन्धान गरिरहेको छ ।
रुग्ण करिब १८ सय ठेक्कामध्ये १ हजार भन्दा बढी ठेक्काको दोस्रोपटक म्याद थपेर पनि काम भएको नभएको अख्तियारले जनाएको छ ।
कति बेला कति घुस ?
ठेक्का सम्झौता गर्दा : २.५ प्रतिशतसत
मोबिलाइजेसन पेस्की : २ देखि २.५ प्रतिशत
निर्माण सुरु अगावै : ५ प्रतिशत
अलपत्र परेका ठेक्कामा फसेको लगानी : १ खर्ब १९ अर्ब
आयोजनाबाट उठेको अग्रिम : २ अर्ब ३६ करोड
काम सुरु अगावै : ५ अर्ब ३१ करोड
यो समाचार अजाको कान्तिपुर दैनिकमा छापिएको छ ।
