Tuesday, June 30News That Matters

डढेलो गाउँ पस्दा २ घर जलेर नष्ट

पूर्णपुष्टि, जेठ १२ गते । 

रोल्पाको वनमा लागेको डढेलो गाउँ पस्दा दुई घर जलेर नष्ट भएको छ भने एक जना जेष्ठनागरिक घाईते भएका छन् ।

रोल्पा नगरपालिका–१ हरीगातिनाको सामुदायिक वनमा लागेको डढेलो गाउँमा पसेर स्थानीय जितबहादुर बुढा र उनको छोरा नेत्रबहादुर बुढाको घर जलेको प्रहरीले जनाएको छ ।

वनमा लागेको डढेलो नियन्त्रण गर्न छोराहरु वनमा गएका बेला घरमा सल्केको आगोले आँखा नदेख्ने ६५ वर्षीय जेष्ठनागरिक जितबहादुर बुढा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइते बुढाको अहिले रोल्पा अस्पताल रेउघामा उपचार भइरहेको छ ।

घर पूर्णरुपमा जलेर नष्ट भएको छ भने जितबहादुरको २ वटा गोरु र १ वटा बाख्रा पनि जलेर मरेको छ ।

सोमबार बिहानदेखि वनमा लागेको आगो स्थानीय, प्रहरी र नेपाली सेनाको सहयोगमा नियन्त्रणको प्रयास गरिरहेको छ ।