
पूर्णपुष्टि, चैत २०
गुल्मीको धुर्कोटमा डढेलोमा परेर एक बालिकाको मृत्यु भएको छ ।
धुर्कोट गाउँपालिका–७ वाग्ला धाराखोलीकी ९ वर्षकी संगीता परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
शुक्रबार घर नजिकैको खोलामा नुहाएर घर फर्किने क्रममा सल्ला सामुदायिक वनको डढेलोमा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
