Wednesday, May 6News That Matters

डुबेर एक बालकको मृत्यु

उदयपुर, भदौ ७ गते ।

कटारीको भोर्ले खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । कटारी नगरपालिका–५ भोर्लेमा दिउँसो खोलामा डुबेर कालकको मृत्यु भएको हो ।

दिउँसो करिब २ बजे जगदिश श्रेष्ठको छोरा ८ बर्षिय सिद्धान्त श्रेष्ठ खोलामा नुहाउने क्रममा डुबरेर मृत्यु भएको प्रहरीले जनाएको छ । घरमा कसैलाई नभनि हिडेका बालक छिमेकी साथीसँग नुहाउन गएको र खोलमा डुबेको अर्को बालककले जनाकारी गराएपछि तत्काल उद्दार गरी कटारी अस्पताल पु¥याएपनि डाक्टरले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।