Tuesday, May 5News That Matters

डुबेर १ जनाको मृत्यु

सोलुखुम्बु, साउन २८ गते ।

सोलुखुम्बुको सोलुदुधकुण्डमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । सोलुदुधकुण्ड नरपालिका – ८ लाखोपकी ६३ वर्षीय काण्डी शेर्पाको खोलामा डुबेर मृत्यु भएको हो ।

दिउँसो अचानक घरबाट हिडेका शेर्पाको आफन्तले खोजतलास गर्ने क्रममा करिब १२ बजे लाखोप ठाडे खोलामा डुबी मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएपछि प्रहरी घटना स्थल पुगी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।