
मोरङ/भदौ १ गते ।
मोरङको रतुवामाईमा खोलमा डुबेर एक बालकको मृत्यु भएको छ । रतुवामाई नगरपालिका – ७ सिजुवा निबासी शिवमुखीयाको छोरा १० वर्षीय आकाश मुखीयाको डुबेर मृतयु भएको हो ।
घरबाट विहान हिडेका आकाश साँझसम्म पनि घर नर्फकेपछि परिवारले खोजतलासको लागी प्रहरीलाई खबर गरेको थियो । प्रहरीर आफन्तले खोजतलास गर्ने क्रममा राती ९ बजे रतुवा खोला डुबेर मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।
घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
