
पूर्णपुष्टि,चैत ६ं
आफ्नै छोरीलाई बलात्कार गर्ने डोटीका एक अभियुक्तलाई जन्मकैदको सजाय तोकेको छ । जोरायल गाउँपालिका–५ का डम्बर विकलाई बलात्कार कसुरमा जिल्ला अदातलले जन्मकैदको सजाय तोकेको हो ।
छोरी बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालतका न्यायाधिश विदुर काफ्लेको एकल इजलासले विकलाई २५ वर्ष कैद सजाय सुनाएको हो ।
गत आसोजमा आफ्नै छोरी बलात्कार गरेको विककी श्रीमतीले दिएको उजुरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
घरमा आमा नभएको समयमा उनले पटक–पटक छोरीलाई बलात्कार गर्ने गरेको प्रमाणित भएपछि अदालतले उनलाई सजाय सुनाएको हो ।
