Tuesday, June 2News That Matters

ड्युटी छोडेर निजी अस्पतालमा काम गर्ने डाक्टर निलम्बित

पूर्णपुष्टि, चैत १

ड्युटीको समयमा निजी अस्प्ताल र मेडिकलमा काम गर्ने हेटौँडा अस्पतालका दुई जना विशेषज्ञ डाक्टर निलम्बनमा परेका छन् ।

ड्युटीको समयमा निजी अस्पताल र मेडिकलमा काम गर्दै आएका र बिरामीलाई औषधी खरिद गर्न निजी मेडिकल तोकेर पठाउने दुई जना विशेषज्ञ डाक्टर निलम्बनमा परेका हुन् ।

अस्पतालमा करारमा कार्यरत जनरल सर्जन विशेषज्ञ डाक्टर साजित अन्सारी र छाला तथा यौन रोग विशेषज्ञ डाक्टर बुद्धीराज पाण्डेलाई सेवाबाट हटाइएको अस्पतालले जनाएको छ ।

पटक–पटक सचेत गराउँदा पनि अटेर गरेपछि बाध्य भएर सेवाबाट हटाइएको अस्पताल प्रशासनले  जनाएको छ । अस्पताल प्रशासनले काममा सुधार गर्न दिएको चेतावनी दुवै जना डाक्टरले बेवास्ता गर्दै आएपछि कारबाही गरिएको अस्पताल विकास समितिले जनाएको छ ।