
पूर्णपुष्टि, असार २१
काठमाण्डौको ढलको पानीमा कोरोना भाइरस भेटिएको र अवस्था भयावह भइरहेको भन्ने हल्लाप्रति सरकारले ध्यानाकर्षण भएको जनाएको छ ।
संसारका अरु देशमा पनि ढलको पानीमा कोरोना भाइरस भेटिएकोले आत्तिनुनपर्ने स्वास्थ्य मन्त्रालयले गर्ने नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो ।
व्यक्तिमा कोरोना सङ्क्रमण रहेको अवस्थामा या निको भइसकेपछि पनि उसको दिसामा भाइरसका टुक्राटाक्री देखिने हुनाले ढलमा कोरोना देखिएको तर यसबाट डराइहाल्नुपर्ने अवस्था नरहेको जानकारी दिनुभयोे ।
ढलको पानीमा कोरोना २ दिनसम्म बाँच्न सक्ने तर अध्ययनहरुबाट ढलको पानीबाट मानिसमा कोरोना सरेको प्रमाण नभेटिएको जनाईएको छ ।
ढलमा कोरोना भाइरस देखिएकोले कोरोना समुदायस्तरमा पुगेर अवस्था भयावह भयो भन्न नमिल्ने दाबी छ । तर ढलको पानीमा कोरोनासँगै अरु रोगका पनि किटाणु रहन सक्ने भएकाले ढलको काम गर्नेहरुले व्यक्तिगत सुरक्षा सतर्कता अपनाउनुपर्ने डाक्टर गौतमको बताउनुभयो ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सहयोगमा स्वास्थ्य मन्त्रालयले यसबारेमा अध्ययन गर्ने जनाईएको छ ।
