
पूर्णपुष्टि,फागुन २७
ताप्लेजुङमा आग्जनी हुँदा एक घर पूर्णरुपमा जलेर नष्ट भएको छ । फुङलङ नगरपालिका–५ उकालिपानीमा आज दिउँसो आगलागीबाट एक घर जलेर नष्ट भएको हो । सन्तोश मावो लिम्बूको जस्ता र काठले बनेको एक तले घर जलेको प्रहरीले जनाएको छ ।
नगरपालिकाको दमकल र नेपाल प्रहरीको सहयोगबाट आगो नियन्त्रणमा आएको हो ।
आगलागीमा ८० हजार, ३० हजार रुपैयाँ बराबरको भाँडाकुडा लत्ताकपडा र १ लाख ५० हजार रुपैयाँ बराबरको घर क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
बिहान खाना पकाउन बालेको आगो ननिभाएका कारण आगलागी भएको पीडित लिम्बुले बताएका छन् ।
